मानव अधिकारका लागि महिला, एकल महिला समूहको २५ औं साधारणसभा सम्पन्न



०५ असोज २०७६, काठमाडौं

मानव अधिकारका लागि महिला, एकल महिला समूहको २५औं साधारणसभा छहारी भवनमा सम्पन्न भएको छ ।

गत वर्ष २०७५/२०७६ मा सम्पन्न गरेको कार्यहरुको प्रगति विवरण र संस्थाको संस्थागत रणनितीका पाँच वटा कार्यक्षेत्रमा रही कार्यक्रम सम्पन भएको हो ।

साधारणसभामा सामाजिक सांस्कृतिक तथा सशक्तिकरण, दिगो जिविकोपार्जन मार्फत आर्थिक स्तरमा सुधार, मानव अधिकारको लागि शान्ति र न्याय, स्थानिय शु–सासनमा एकल महिलाको सहभागिता र क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा एकल महिलाको सवालमा मूलप्रवाहीकरण लगायतका विषयमा छलफल गरिएको थियो ।

मानव अधिकारको लागि महिला, एकल महिला समुहको वर्तमान अध्यक्ष कुन्दा शर्माको अध्यक्षतामा आयोजित मानव अधिकारको लागि महिला, एकल महिला समूहको २५ औं वार्षिक साधारणसभामा ७ प्रदेशका प्रदेश अध्यक्ष विभिन्न जिल्लाका प्रतिनिधि, केन्द्रीय कार्यालय लगायतका करीब ४०० महिलाहरुको उपस्थिती रहेको थियो ।

संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले आगामी दिनमा एकल महिलाहरुले कसरी सबलीकरणमा ध्यान दिने भन्ने बारेमा जोड दिएकी थिईन् ।

मानव अधिकारको लागि महिला, एकल महिला समूह विगत २०५२ सालमा स्थापित भई एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने गैर सरकारी सामाजिक संस्था हो ।

यसले ७७ जिल्लाका विभिन्न स्थानीय नगरपालिका तथा गाउँपालिकामा समूहहरु गठन गरी सशक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै एकल महिलाहरुलाई स-सम्मान पहिचान तथा परिर्वतनका बाहकको रुपमा तयार गर्न समेत संस्था स्थापनाकाल देखी अग्रसर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्