कस्तो निर्दयी छोरा,अपार्टमेन्टको चौथो तल्लाबाट धकेली आमाको हत्या



०२ असोज २०७६, काठमाडौं

भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तल्लाबाट छोराले आमालाई धकेलेर हत्या गरेको छन् । इन्डिया टुडेको अनुसार राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तल्लाबाट छोराले ६५ वर्षीया आमालाई धकेलेको हत्या गरेका हुन् ।

इन्डिया टुडे टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा सन्दिप नाम गरेका ती युवकले आमालाई आफु बस्दै आएको अपार्टमेन्टबाट बाहिर निकालेर लिफ्टसम्म लगेको प्रष्टरुपमा देखिन्छ । सन्दिपले छतमा जाँदा आमालाईसँगै लिएर जान्छन् र केहिबेर पछि एक्लै फर्किन्छन् ।

उनी कोठामा पुगेको केही बेरमै एक युवक उनको अपार्टमेन्टमा आएर आमाले छतबाट खसेर आत्मा हत्या गरेको कुरा सुनाउँछन् । उनले नाटक गरेर आमा खसेको ठाउँमा जान्छन् ।

सुरुमा राजकोट प्रहरीले पनि आत्महत्या गरेको पुष्टि गर्यो । तर, पछि राजकोट प्रहरीले अनुसन्धानका क्रममा ती ६४ वर्षीया महिलाको हत्या भएको बताए । भारतीय प्रहरी अनुसार महिलालाई हिँडडुल गर्न अरूको सहारा चाहिने रहेछ।

महिलाको हत्या भएको दिनको फुटेज हेर्दा उनले आत्महत्या नभई छोराले छतबाट खसालेको प्रहरीले जानकारी दिए । आमाको हत्याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको राजकोट प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्