दर्शकले रुचाए ‘रातो टिका निधारमा’ को रिमेक भर्जन



०१ असोज २०७६, काठमाडौँ

केहीदिन अघि चलचित्र रातो टिका निधारमा को शीर्ष गीत सार्वजनिक भएको थियो । धेरै बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र अल्लारे मा समावेश रातो टिका निधारमा गीतलाई रिमेक गरेर बनाइएको थियो ।

आजभोली पुराना गीतलाई रिमेक गर्ने चलन चल्न थालेको छ । तर पुराना गीतमा जस्तो मिठास रिमेक गरिएका गीतमा नहुने भन्दै कत्ति गीतलाई दर्शकले आलोचना समेत गरेका छन् । जसको उदाहरणको रुपमा चट्ट रुमाल क्या मालुम गीतलाई लिन सकिन्छ ।

तर रातो टिका निधारमा गीतलाई भने दर्शकले निकै रुचाएका छन् । पुरानो रातो टिका निधारमा गीतमा जुन मिठास थियो, रिमेक गीतमा पनि त्यहि मिठास पाइएको भन्दै दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । साथै यो गीतमा भ्यूज पनि राम्रो आइरहेको छ । रिमेक गीतमा मेलिना राई र प्रमोद खरेलको आवाज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्