गोली हानी एकको हत्या



२९ भदौ २०७६, काठमाडौं

रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्।

जिल्लाको रोहिणी गाउँपालिका ३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो।

बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा सवार समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्