तेलुगू चलचित्रमा डेब्यु गर्दै परमिता आरएल राणा



२९ भदौ २०७६, काठमाडौँ

परमिता आरएल राणा नेपालकी चर्चित नायिका हुन् । तर उनले चलचित्रबाट सोचेजति सफलता अहिलेसम्म पाउन सकिनन् । परमिता आरएल राणा अब तेलूगु चलचित्रमा देखिने भएकी छिन् ।

नेपाली चलचित्रप्रेमीले तेलूगु चलचित्रलाई पनि निकै रुचाउने गरेका छन् । तेलुगू सिनेमाका एक्सन सुपरस्टार गोपीचन्दको प्रमुख भूमिका रहने अनटाइटल प्रोजेक्टमा परमिताले मुख्य भूमिका निर्वाह गर्नेछिन् । गोपीचन्दसँग सिनेमामा उनको जोडी बाँधिनेछ ।

सिनेमाको  शुक्रबार हैदरवादको एक मन्दिरमा शुभमुहूर्त गरिएको छ । यहि सिनेमाबाट बिनु सुब्रह्मण्यमले निर्देशनमा डेब्यु गर्दैछन् । बिग बजेटको सिनेमालाई विभिएसएन प्रसादले निर्माण गर्दैछन् । आफ्नो तेलुगु डेब्युलाई लिएर निकै उत्साहित बनेको अभिनेत्री परमिताले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्