चीनमा हरेक बर्ष हुन्छ खुर्सानी खाने प्रतियोगिता, विजेतालाई सुनको सिक्का उपहार



२८ भदौ २०७६, काठमाडौँ

चीनमा हरेक बर्ष एउटा अनौठो प्रतियोगिता आयोजना हुने गरेको छ । जुन सुन्दा धेरैका होस उड्न सक्छ । चीनको एक सानो सहरमा हरेक बर्ष खुर्सानी खाने प्रतियोगिताको आयोजना गरेको छ । खुर्सानी खाएर जित्नेले सुनको सिक्का उपहार पाउँछन् ।

गत वर्षदेखि सुरु भएको यो प्रतियोगिताको पहिलो संस्करणमा १० जनाले भाग लिएका थिए । सबैभन्दा छोटो समयमा ५० वटा खुर्सानी खानेले प्रतियोगिताको उपाधि जित्ने नियम बनाइएको हुन्छ । खुर्सानीले भरिभराउ एक पोखरीमा प्रतियोगिताको आयोजना गरिन्छ । प्रतियोगितामा ताबास्को जातको खुर्सानी खान दिइन्छ जुन खुर्सानी विश्वको सबैभन्दा पिरो मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस्