बलिउडका चर्चित गायक टोनी कक्कर नेपाल आउँदै



२५ भदौ २०७६, काठमाडौँ

भारतका चर्चित गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउने भएका छन् । धेरैलाई थाहा नै होला टोनी बलिउडकी चर्चित गायिका नेहा कक्करका दाई हुन् ।

टोनीले मिले हो तुम हमको, धिमेधिमे, कोकाकोला तु लगायतका थुप्रै हिट गीतहरु गाइसकेका छन् । टोनीको फ्यान फलोइङ निकै रहेको छ । उनका नेपाली फ्यानहरु पनि थुप्रै छन् । टोनी १९ सेप्टेम्बरमा प्रस्तुतीका लागि नेपाल आउने भएका हुन् ।

सीनआई इभेन्टले गायक कक्करलाई नेपाल ल्याउन लागेको हो । काठमाडौंको क्लब फेरनहाइटमा उनले प्रस्तुति दिने कार्यक्रमका लागि टिकटको दर पाँच हजार र पैतिस सय राखिएको आयोजकले जनाएको छ ।

गायक कक्करले मिले हो तुम हमको, धिमेधिमे, कोकाकोला तुलगायतका गीतमा गाउनेछन् । कार्यक्रममा नेपाली ब्याण्ड तथा डिजेहरुले पनि प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्