‘भद्रगोल’ को पुरानो टिमले नयाँ टेलिसिरियल ल्याउँदै, असोज २ देखि प्रशारण हुने



२४ भदौ २०७६, काठमाडौँ

भद्रगोल बाट सर्वाधिक सफलता प्राप्त गरेका कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाडे) ले अब नयाँ टेलिसिरियल ल्याउने भएका छन् ।

भद्रगोल को नयाँ श्रृङ्खलाबाट बाहिरिए सँगै भद्रगोल को पुरानो टिमले नै नयाँ टेलिसिरियल ल्याउन लागेको हो ।

एकपटक दर्शकले भद्रगोल को टिमलाई पुनः देख्न पाउने भएका छन् । भद्रगोल को पुरानो टिमले ल्याउन लागेको नयाँ टेलिसिरियलको नाम भने अहिले नै खुलाइएको छैन ।

केहीदिन पछि पत्रकार सम्मेलन गरेर टेलिसिरियलको नाम खुलाउने जानकारी प्राप्त भएको छ । यस्तै यो शो असोज २ गतेबाट नेपाल टेलिभिजनबाट नै प्रशारण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्