नायिका बर्षा राउत भन्छिन् : ‘सिम्पल देखिन रुचाउँछु’



२१ भदौ २०७६, काठमाडौँ

नायिका बर्षा राउत सिम्पल र निकै राम्री नायिकाको सुचीमा पर्छिन् । उनी धेरैजसो हल्का मेकअपमा नै देखिन्छिन् । बर्षालाई सिम्पल भएर हिड्न मनपर्छ । उनलाई विशेष समारोहमा बाहेक अरुबेला धेरै मेकअप गरेर बस्न मन लाग्दैन ।

तर मेकअपका सामान भने बर्षाका ब्रान्डेड नै हुन्छन् । उनी भन्छिन् अनुहारमा फाउन्डेसन डिओर प्रयोग गर्छु । मेकअप किट जर्मनीमा बनेको ‘जोजो’ मन पर्छ । अनुहारमा लगाउने ‘कम्प्याक्ट’ भने ‘म्याक’को रुचाउँछु । यी सबै मलाई सहज र सुहाउँदा लाग्छन् ।

आखाँमा गाजल भने बर्षा नियमित नै लगाउने गर्छिन् । उनलाई क्याजुअल ड्रेसमा सहज महशुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्