यसरी सुरु भयो ‘दि भ्वाइस अफ नेपाल’ सिजन २



३२ साउन २०७६, काठमाडौँ

पहिलो सिजनबाट दर्शकको सर्वाधिक माया बटुल्न सफल रियालिटी शो दि भ्वाइस अफ नेपाल को दोस्रो सिजन हिजोबाट प्रारम्भ भएको छ । दर्शकले लामो समयदेखि दि भ्वाइस अफ नेपाल सिजन २ को प्रतिक्षा गरिरहेका थिए ।

यसपटक दि भ्वाइस अफ नेपाल मा २ कोचहरु फेरिएका छन् । पहिलो सिजनमा दिप श्रेष्ठ, प्रमोद खरेल, अभया सुब्बा र सनुप पौडेल कोचको रुपमा थिए । यसपटक भने अभया र सनुपको ठाउँमा आस्था राउत र राजु लामा आएका छन् ।

दि भ्वाइस अफ नेपाल सिजन २ को पहिलो एपिसोड युट्युबमा सार्वजनिक भएको छ र छोटो समयमा नै युट्युबमा राम्रो भ्यूज पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्