लामखुट्टेले बढी मात्रामा टोक्छ यस्तो मानिस: अध्ययनको खुलासा



३१ श्रावण २०७६, काठमाडौं

एक प्रकारको परजिवि कीरा हो।

लामखुट्टेले मान्छे तथा पशुहरूको शरिरको रगत चुसेर एक प्राणीबाट अर्को प्राणीमा विभिन्न प्रकारका रोगहरू सार्ने गर्दछ।

चिकित्सकहरुका अनुसार, फोहोर,गर्मी तथा अन्य कारणले लामखुट्टे आउने र मानिसलाई टोक्ने गर्दछ।

जुन टोकाईबाट मानिसलाई मलेरिया, कालाजार,मलेरिया, डेङ्गु जस्ता कैयौ रोगको संक्रमण हुने गर्छ।

त्यसैले, यो समयमा लामखुट्टे बढी मात्रामा सक्रिया हुने भएकाले मानिसहरुलाई निकै सताउँछ।

एक अध्ययनका अनुसार पोजेटिभ रक्क्त समुह भएको मानिसलाई बढी मात्रामा टोक्ने गर्दछ।

लामखुट्टेले मानिसलाई टोक्ने मात्रा नभई जसको टोकाईबाट कतिजनाको मृत्यु समत हुन पुगेको चिकित्सकहरु बताउँछन्।

विज्ञहरुका अनुसार लामखुट्टेको दृष्टि क्षमता निकै तिख्खर हुने भएकाले तपाईं डार्क कलरको कपडा पहिरिनुहुन्छ, अझ त्यसमा पनि ब्लु, ब्ल्याक र रेड कपडा पहिरिनुहुन्छ भने त्यस्ता मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्छ।

त्यस्तै अन्य कुराहरुमा पनि जानकार हुनुहोस्ः


ओ ग्रुप

सन् २००४ मा जर्नल अफ मेडिकल इन्टोमोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ओ ग्रुप समूहका मानिसले अन्य रक्त समूह (ए, बी र एबी) को तुलनामा बढी लामखुट्टे आकर्षित गर्दछन्।

उक्त अध्ययनका अनुसार ओ पछि लामखुट्टेका लागि क्रमशः रक्त समूह ए, बी र अन्त्यमा एबी मन पर्छ।

तसर्थ तपाईप्रति लामखुट्टे आकर्षित हुनुको मूख्य कारण पनि ओ रगत समूह भएको हुनुपर्छ।

गर्भवती महिला

बयस्क र बालबालिकाको तुलनामा गर्भवती महिलाहरु लामखुट्टेको टोकाईको दृष्टिले बढी जोखिममा हुन्छन्।

गर्भवती महिला अन्यको तुलनामा दुई गुण बढी जोखिम हुने अध्ययनले खुलाएको छ।

कार्बनडाइअक्साइड

लामखुट्टेसँग तिख्खर घ्राणशक्ति हुन्छ।

यतिसम्म कि उसले १६६ फिट परको कार्बनडाइअक्साइड ग्याससमेत पहिचान गर्न सक्छ ।

जुन ग्यासप्रति लामखुट्टे बढी आकर्षित हुन्छ ।

श्वासप्रश्वासका क्रममा मानिसले अक्सिजन लिन्छ र कार्बडाइअक्साइड फ्याँक्ने जुन कारणले गर्दा लामखुट्टे हाम्रो नाक र कानको वरिपरि घुम्ने विज्ञहरुको भनाई छ।

गर्मी र पसिना

गर्मीका कारण शरिरबाट निस्कने पसिनाबाट उत्सर्जित ल्याक्टिक, यरिक एडिस र अमोनियासँग पनि लामखुट्टे बढी आकर्षित हुने गर्दछ।

जसले बढी पसिना आउँछ, उसलाई लामखुट्टेले पनि बढी टोक्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्