साहित्यकार मदनमणि दीक्षित रहेनन्



३० साउन २०७६, काठमाडौं

वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ। साहित्यकार दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको हो।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो।

निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्।

उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ।

प्रतिक्रिया दिनुहोस्