के हो लुपस? जानकार हुनुहोस् यो रोग पत्ता लगाउने तरिका सहित बच्ने उपायको बारेमा



२८ श्रावण २०७६, काठमाडौं

स्वस्थको मामिलामा हरेक मानिसको इच्छा, निरोग बाँच्नु हो।

तर, रोगबाट अछुत व्यक्ति विरलै पाइन्छन्।

तर, त्यस खालका चाहनाको वावजुद पनि मानिसहरु विभिन्न रोगहरुसँग लडिरहनु परेको छ।

पछिल्लो समय अझ बढी मात्रामा नयाँ–नयाँ रोगहरु देखा परिरहेका छन्।

यसको प्रमुख कारण जलवायु प्रदूषण भएको वैज्ञानिकहरुले बताइरहेका छन्।

यही कारणले व्यक्तिलाई विभिन्न आगन्तुक रोगहरुले आक्रमण गर्ने गर्छ।

यस्तै, विश्वका अधिकांश मानिसहरुलाई सताउने रोग हो, ‘लुपस’!

यदि तपाई लुपस रोगको शिकार बन्दै हुनुहुन्छ भने, हामीले तपाईहरुकै लागि भनेर यो रिर्पाट तयार पारेका छौं।

काठमाडौंको चाबहिलस्थित हेल्पिङ अस्पतालका हाडजोर्नी तथा नशा रोगका विशेषज्ञ डा.हेम लिम्बुसँग गरिएको यो सवांदः

तपाईहरुको लागिः

लुपस रोगको चिनारीः

लुपस एक प्रकारको अटो इम्युन रोग हो।

विशेषज्ञ लिम्बुका अनुसार, “लुपस रोग लागिसकेपछि शरिरभित्रको जुनै अंगलाई पनि आक्रमण गर्नसक्छ।”

जसले,छाला, जोर्नी, मृगौला, किड्नी, मष्तिस्क तथा विभन्न अंगलाई प्रभावित पार्छ।

लुपस रोग कसरी पत्ता लगाउन सकिन्छ?

जुन रोग पत्ता लगाउनका लागि विशेषज्ञरुहरुद्धारा लक्षणका आधारमा परीक्षण गरी पत्ता लगाउन सकिन्छ।

डा.हेम सुनाउछन्, “छातीको एक्सरे, पिसाबको जाँच,रगतको जाँच मृगौलाको जाँच गरेर पत्ता लगाउन सकिन्छ।”

लक्षणः

–हात–जोर्नी दुख्ने,

–कपाल अत्याधिक झर्ने,

–मिर्गौला सुन्निने,

–वंशाणुगत लक्षण जस्तैः ज्वरो, अल्छीपना, कमजोर, तौल घट्ने,

–छालामा असर गर्ने,

विशेषज्ञ लिम्बुका अनुसार “छालामा असर पर्दा मुखमा पुतली आकारको दाग आउने, चिलाउने, खटिरा आउने, सूर्यको प्रकाशमा बाहिर निस्कन गाह्रो हुने जस्ता लक्षणहरु देखा पर्दछ।“

–आँखामा असर गर्ने, (आँखा सुख्खा, रातो हुने)

–नशा सम्बन्धी विभिन्न रोग लाग्ने,

जस्तैः टाउको दुख्ने, धेरै सोचाईमा पर्ने, केही कुराको निर्णय छिटो लिन नसक्नु, छारेरोग लाग्ने, बानी चाँडै रिस उठ्ने,

–मुटुरोग लाग्ने,

जस्तैः छाती दुख्ने, मुटुको बाहिरि भागमा असामान्य रुपमा पानी वा तरल पदार्थ जम्मा हुने, हृदयघात हुने,

महिलामा बढी लुपस देखिनुको कारणः

विश्वमा प्रत्येक १ लाख व्यक्तिमा २० जनालाई यो रोग लागेको छ।

डा. हेमका अनुसार, “पुरुषमा भन्दा महिलामा बढी लुपस दखिनुको मूख्य कारक तत्व नै हर्मान हो।“

उनी भन्छन्, १५ देखि ४५ वर्ष उमेर समूहका महिनावारी भइरहने महिलामा यो रोगको देखिएको छ


लुपस रोग ठिक हुन्छ कि हुँदैन?

लुपस रोग कहिल्यै निको हुँदैन।

विशेषज्ञ लिम्बुका अनुसार, “लुपस दीर्घकालीन रोग भएकाले पूरै उपचार सम्भव नभए पनि नियन्त्रण गर्न भने सकिन्छ।”

यो विशेषगरी युवावस्थामा लाग्ने गर्छ।

जसमध्येमा पनि महिलामा बढी पाइन्छ।

लुपस बिरामीले कस्तो खानपान गर्न? कस्तो नगर्ने?

–अल्कोहलबाट टाढा रहनै पर्छ।

–चिल्लो कम भएको खानाको सेवन गर्ने।

–क्याल्सियम र भिटामिन डी, स्टोराइड औषधि खाने बिरामीमा दिनु पर्छ।

–कम मात्रामा नुन खाने,

–फलफुल, हरियो सागपात,तरकारी, माछामासु खाने,

लुपस भएको महिलाले बच्चा जन्माउन मिल्छ कि मिल्दैन?

लुपस भएको महिलाले गर्भाधारण गर्न मिल्छ।

डा.हेमका अनुसार, “लुपसको भएको महिलामा ७० प्रतिशत बच्चा बस्ने सम्भावना हुन्छ।”

गर्भवती हुनुअघि चिकित्सकको सल्लाह लिनका साथै लुपस रोग नियन्त्रणमा आएको ६ महिनापश्चात मात्र गर्भवती हुनु उनी सल्लाह दिन्छन्।

गर्भवती अवस्थामा नियमित जाँच गराउनुपर्छ र अन्य औषधि पनि नियमित खाने गर्नुपर्छ।

जुन आमाबाट जन्मेका बच्चा लुपस नै भएको बच्चा जन्मिन्छ भन्ने छैन।

लुपस भएको बिरामीले ध्यान दिनुपर्ने कुराहरुः

–जुन रोग लागिसकेपछि घामको किरणबाट बच्नुपर्छ।

–आफु सक्रिय रहनका लागि नियमित व्यायाम गर्नुपर्छ।

–बिरामीलाई निमोनिया र फलु भ्याक्सिन लगाउनुपर्छ।

–जुन रोगको नियन्त्रण नभएमा डाक्टरको सल्लाहअनुसार अनिवार्य जाँच गराउनुपर्छ।

लुपस रोगीका लागि विशेषज्ञ लिम्बुको सन्देशः

–लुपस एक खतरनाक रोग हो।

–यसको राम्रोसँग पहिचान गरी समयमै उपचार गर्नुपर्दछ।

–जत्ति चाँडो उपचार शुरु गरियो त्यत्ति नै छिटो अङ्ग बचाउन सकिन्छ।

–लुपसको उपचार लक्षण सुरु भएको तीन महिनाबाट एक वर्षभित्र गरिएमा हुुने नकारात्मक असरलाई न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्