नेपाली राजनीतिज्ञहरुको पढाई कस्को कति ?



०४ साउन २०७६, काठमाडौं

नेपाली राजनीति क्षेत्रका राजनीतिज्ञहरुको पढाई कति होला ? आम मानिसमा यो जिज्ञासाको विषय रहन्छ । यसै जिज्ञासालाई मेटाउज हामीलले १० चर्चित राजनीतिज्ञहरुको कस्ले कति पढेका छन् भन्ने रिपोर्ट तयार गरेका छौं ।
प्रस्तुत छ १० नेताहरुको अध्ययनको विवरण :

विद्यादेवी भण्डारी (वर्तमान राष्ट्रपति):
वि.सं. २०१९ असार ५ गते भोजपुरको मानेभञ्जाङमा जन्मेकी विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुन् । राष्ट्रपति भण्डारीले महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट वि.ए सम्मको अध्ययन गरेकी छिन् ।

नन्द किशोर पुन (पासाङ) (वर्तमान उपराष्ट्रपति):
नेपालको उपराष्ट्रपतिमा दोस्रो कार्यकाल विताईरहेका नन्द किशोर पुन वि.सं.२०२२ कात्र्तिक ७ गते रोल्पामा जन्मेका हुन् । उनले २०४५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङबाट उच्च शिक्षा हासिल गरेका छन् भने पुनले राजनितिक शास्त्रमा स्नात्तककोत्तर सम्मको औपचारिक अध्ययन गरेका छन् ।

केपी ओली शर्मा (वर्तमान प्रधानमन्त्री):
वि.संं २००८ फाल्गुन ११ गतेका तेह्रथुम जिल्लामा जन्मेको खड्ग प्रसाद ओली (केपी शर्मा ओली)ले एस.एल.सी सम्म अध्ययन गरेका भन्नेहरु छन् तर उनका बुवाले आफ्नो छोराले स्नातक पढेको विभिन्न अन्तरवार्तामा बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीलाई विभिन्न विश्वविद्यालयले मानार्थ विद्यावारीधि प्रदान गरेका छन् । ओली अहिले दोस्रो कार्यकालका लागि नेपालको प्रधानमन्त्री हुन् ।

पुष्पकमल दाहाल प्रचण्ड:
वि.संं २०११ मंसिर २६ गते कास्कीमा जन्मेको प्रचण्डले विएस्सी पछि एम.पि.ए मास्टर अफ पब्लिक आर्ट मेनिस्ट्रेसन सम्म अध्ययन गरेका छन् । २०३६ मा एसएलसी उत्तीर्ण गरेका दाहालले पाटन क्याम्पसबाट आईएस्सी अध्ययन गरेका छन् ।

माधव कुमार नेपाल :
नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमारनेपाल वि.सं. २०१९ फागुन २३ गते रौटहटको गौरमा जन्मेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य संकायमा स्नातक पुरा गरेका छन् ।

झलनाथ खनाल :
वि.सं.२००६ चैत्र ६ गते ईलाममा जन्मेका खनालले त्रिभुवन विश्व विद्यालयबाट राजनिति शास्त्र र इतिहामा स्नातक गरेका छन् ।

शेरबहादुर देउवा :
वि.संं. २००३ जेठ ३१ गते डडेलडुरामा जन्मेका देउवाले त्रिभुवन विश्व विद्यालयबाट राजनिति शास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक गरेका छन् । कांग्रेस सभापति समेत रहेका देउवा विभिन्न कालखण्डमा नेपालका प्रधानमन्त्री ४ पटक भएका हुन् ।

बाबुराम भट्टराई :
डाक्टर बाबुराम भट्ट्राईको जन्म वि.सं.२०११ असार ४ गते गोरखा जिल्लामा भएको हो । उनले द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा विद्यावारिधि गरेका छन । भट्टराईलाई भारतबाट विद्यावारिधि गर्न भारतका लागि तत्कालिन नेपाली राजदूत बेदानन्द झाले सहयोग गरेका थिए । उनले डिजाइन गरेका रामेछापको मन्थली तथा दाङको लमही लगायतका सहर हुन् ।

रामचन्द्र पौडेल :
पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण रामचन्द्र पौडेलले पटक–पटक गरी १३ वर्ष जेल जीवन विताएका छन् । वि.सं. २००१ मा तनहुँमा जन्मिएका पौडेलले त्रिभुवन विश्व विद्यालयबाट स्नात्तककोत्तर सम्मका अध्ययन गरेका छन् । उनले उपप्रधानमन्त्री, सभामुख लगायका विभिन्न राजकीय जिम्मेवारी सम्हालेका छन् ।

उपेन्द्र यादव :
वि.संं २०१६ मा सप्तरीमा जिल्लामा जन्मिएका उपेन्द्र यादवले स्नात्तकोत्तर सम्मको अध्ययन गरेका छन् । २०३२ मा एसएलसी उत्तीर्ण गरेका यादवले महेन्द्र मोरङ क्याम्पसबाट स्नात्तकोत्तरसम्म अध्ययन गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्