नेपाली संगीत दुनीयाँकी एक होनहार श्रष्टा ‘मेचु’ संगीतको सगरमाथा चढ्दै !(भिडियो सहित)



२२ चैत्र २०७५, काठमाडौं

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रले नयाँ अनि तिक्ष्ण खालका श्रष्टाहरुलाई जन्माउँदै आएको छ ।

यस्ता श्रष्टा !

जसमा एकमात्र नभएर विभिन्न प्रतिभाहरुको समिश्रण पाईन्छ । अनि जसमा विलक्षण प्रतिभा हुन्छन् ।

मानौं उनीहरुसँग असाधारण क्षमता छ ।

यस्तै यस्तै भिडबाट बाहिर आएकी एक श्रष्टा हुन् ‘मेचु धिमाल’ !

सांगितिक क्षेत्रमा उनको जन्म हुनु नै पनि नेपाली सांगितिक क्षेत्रको एक सकारात्मक पाटो हो ।

राम्रो लयमा गाउँन सक्नु, मिलाएर लेख्नु सक्नु, अनि विभिन्न मुद्राहरुका साथ मोडलिङ गर्न सक्नु उनको वास्तविक अनि वैयक्तिक खुबी हो ।
उनी कला अनि प्रतिभाका एक होनहार श्रष्टा अनि व्यक्तित्व हुन् ।

विगत ७ वर्षदेखि नेपाली सांगितिक आकाशमा उडिरहेकी ‘मेचु’ अहिलेका ‘नेपाली सांगितिक आकाशका एक ‘स्ट्रङ क्यान्डिडेट्स’ मानिन्छ ।

‘मेचु’लाई एक सफल अनि कुशल गायिका हुन् भन्न आम दर्शक तथा श्रोताहरु कहिल्यै हिच्किचाउँदैनन् ।

यो सबै हुनुको पछाडी जोडिएको कुरा हो, ‘मेचु’को कुशलता अनि परिश्रम’ !

“मलाई सानोमा नृत्यमा अधिक रुची थियो ।” उनी आफ्नो अभ्यस्तलाई सम्झिन्छिन् ।

मोरङको हरियाली पाखाहरुमा रमाउँदै अनि उकाली ओरालीहरुमा वयेली खेल्दै हुर्केकी ‘मेचु’ अहिले नेपाली सांगितिक क्षेत्रकी एक स्थापित श्रष्टा हुन् ।

माध्यमिक शिक्षालाई मोरङमै सकेर राजधानी आएकी उनी भन्छिन् ।

“म जब काठमाडौं आएँ त्यसपछि लगातार म्युजिक सिक्दै आएकी छु ।” 

दिन ढल्दै गयो’, ‘दैलो मैलो’,‘जय जयकार’ ‘कदम कदम’ लगायतको ३ दर्जन बढि उनको गीतहरु चर्चामा छन् ।

जसमध्येको उनको एक नयाँ गीत हो, ‘मायाँको मौसम’!

गीतकार राजेशको शब्द र मेचु धिमालको समधुर स्वरमा रहेको गीत ‘सेलेब्रेटी नेपाल’युट्युब च्यानलमा राखिएको छ ।

“गीतभन्दा फरक विधाहरु पनि लेख्ने सोचमा छु । शायद जीन्दगीमा एक दुई ओटा उपन्यास भने, पक्कै लेख्छु ।” उनी सुनाउँछिन् ।

गाउँघरतिर हुने विभिन्न सांगितिक कार्यक्रमहरुमा पनि विशेष सहभागिता जनाउने ‘मेचु’ साँच्चै नेपाली संगितको दुनीयाँमा एक सांगितिक प्रकाश वहन गरेकी श्रष्टा गायिका हुन् ।

संगितबाट टाढा रहेर बाँच्न नसक्ने उनी अन्ततः नेपाली तारा सिजन–३ मा समेत सहभागिता जनाईन् ।

जहाँ, उनी ‘टप ट्वान्टी’ को ‘टप टेन’ सेलेक्शनबाट आऊट भईन् ।

उनी भन्छिन्,“मलाई ती समयले पनि धेरै पाठ सिकाएर गए । अहिले खुशी छु, यत्तिको बाँच्न सकिएको छ । संगितलाई अँगालेर ।”

अन्त्यमा !

‘मेचु धिमाल’ आफैमा एक स्थापित गीतकार तथा गायिका हुन् ।

उनी नेपालको संगित दुनियाँका एक होनहार श्रष्टा पनि हुन् ।

नेपाली सांगितिक आकाशमा उनीजस्ता श्रष्टा जन्मिनु हाम्रो लागि खुशीको कुरा हो ।

अनि !

भावी दिनको सांगितिक यात्रामा पछाडी फर्केर हेर्न कहिल्यै नपरोस् ‘मेचु’ले ! शुभकामना !!

जय गीत !

जय संगित !

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया दिनुहोस्