२५ बर्षपछि आमिर र सल्मान एकसाथ देखिदैँ



२१ असार २०७६, काठमाडौँ

कुनै समय आमिर खान सलमान खान एकसाथ फिल्ममा लिड नायकको भूमिकामा काम गरिसकेका थिए ।

यी दुईले सन् १९९४ मा सुपरहिट फिल्म अन्दाज अपना अपना फिल्ममा काम गरेका हुन् । कमेडीधारमा बनेको उक्त फिल्ममा आमिर र सलमानको जोडी पनि खुबै हिट भएको थियो ।

त्यसपछि भने लामो समय यी नायकहरु पर्दामा साथ देखिएनन् । त्यस चलचित्र पछि आमिर र सलमानले फेरी दाहोर्याएर काम गरेका छैनन् ।

हाल अन्दाज अपना अपना सिक्वेलको तयारी र चलचित्रको स्क्रिप्ट लेखन भईरहेको छ । यसको सिक्वेल बन्ने भनिएसंगै सलमान र आमिरले काम गर्ने चर्चा छ ।
लेखक दिलिप शुक्लाले यही चर्चाकाबीच अन्दाज अपना अपनाको सिक्वेल आमिर र सलमानबिना अपुरो हुने बताएका छन् ।

उनको यस अभिव्यक्तिबाट नै थाहा हुन्छ की यस फिल्ममा आमिर र सलमानले काम गर्ने छन् तर कुन रुपमा भने खुलाईएको छैन । आमिर सलमानले करिब २५ बर्षपछि यस चलचित्रमा एकसाथ काम गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्