चोरीका मोटरसाइकल सहित १३ जना पक्राउ



२१ असार २०७६, इटहरी

झापामा मोटरसाइकल चोरी हुने घटना बढेपछि झापा प्रहरीले  सुरु गरेको गिरोह पक्राउ गर्न विशेष अभियानबाट यही महिनाभित्रै चोरीका १९ वटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका १३ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरूमा  झापा गौरादहका विजय चौधरी, रोबिन राजवंशी, बाह्दशीका विनोद मुर्मु, करण चौधरी, कमल गाउँपालिकाका केशव श्रेष्ठ, शिवसताक्षीका किरण भण्डारी  रहेका छन् । यस्तै इलाम चुलाचुलीका सन्त श्रेष्ठ, शिवसताक्षी ५ का रमेश ताजपुरीया, प्रेमबहादुर रिमाल, गौरादहका  सन्त लिम्बु, प्रकाश न्यौपाने, दमकका बसन राई र कमल गाउँपालिकाका रामु दमाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीले जानकारी दिए ।

उनीहरूलाई प्रहरीले चोरीको १९ वटा मोटरसाइकल सहित पक्राउ गरेको हो । बरामद गरिएको अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्