अन्ततः चौतर्फी विवाद भएपछि ‘आइफा अवार्ड’ नेपालमा नहुने पक्का



२० असार २०७६, काठमाडौँ

बलिउडको सबैभन्दा ठूलो अवार्ड समारोह आइफा अवार्ड यसबर्ष नेपालमा हुने कुरा थियो । सरकाले १ अर्ब लगानी गरेर यो अवार्ड शो गर्ने पक्का भएको थियो । यस्तै आइफा अवार्डको लागि बलिउडका ६० भन्दा बढी कलाकार नेपाल आउने पनि भनिएको थियो । तर अब आइफा अवार्ड नेपालमा नहुने भएको छ ।

१ अर्ब लगानी गरेर आइफा अवार्ड नेपालमा हुने भएपछि धेरै कलाकार र ठूला पदका व्यक्तिले पनि यसको निकै आलोचना गरे । चारैतिर बाट विवाद आएपछि नेपाल सरकाले अब आइफा अवार्ड नेपालमा नहुने बताएको छ । आइफा अवार्डले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने आशा राखिएको थियो । तर अब आइफा अवार्ड नै नेपालमा नहुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्