पहिलोपटक विजया, सुस्मिता र जियाबारे मुख खोले भुवनले, यस्तो रहेछ विजया र सुस्मितासँग छुट्टिनुको कारण



१८ असार २०७६, काठमाडौँ

भुवन केसी नेपाली चलचित्र जगतमा सदावहार नायकको रुपमा परिचित छन् । पछिल्लो समयमा उनी चलचित्र खेल्न भन्दापनि निर्माण निर्देशनमा बढी सक्रिय देखिएका छन् । यस्तै भुवनले पहिलो पटक मिडियामा आफ्नी पत्नीहरुबारे बोलेका छन् ।

यो कुरा सबैलाइ थाहा छ होला भुवनको छोरा अनमोल केसी भुवनकी दोस्री श्रीमती सुस्मिता केसीका छोरा हुन् । भुवनले सुस्मिताभन्दा पहिले विजयासँग एरेन्ज म्यारिज गरेका थिए । विजयातर्फ बाट पनि भुवनका दुई सन्तान रहेका छन् । विजयासँग विवाह हुने समयमा उनी चलचित्रमा आएका नै थिएनन् । विवाहपछि मात्र उनी चलचित्रमा आएका रहेछन् ।

भुवन र विजयाको सम्बन्ध १४ बर्षसम्म रहेको थियो । त्यसपछि उनीहरुले अलग बाटो रोजे । अहिले पनि भुवनले विजयासँग आफ्नो कुराकानी भने भैरहने बताएका छन् । विजयासँग छुट्टीएको केही समयपछि उनी सुस्मितासँ नजिकिन पुगे । उनले सुस्मितासँग फिल्मको सुटिङको सिलसिलमा भेट भएको बताए । भेट हुँदै जादाँ सुस्मितासँग मन मिलेकाले उनीसँग विवाह गरेको भुवनले स्पष्ट पारे ।

सुस्मितासँग भुवनले आफ्नो सम्बन्ध १२ बर्षसम्म रहेको बताए । उनले पछि एकअर्कासँग खुसी नभएका कारणले सल्लाह गरेर सुस्मिता र आफू अलग भएको बताए । सुस्मितासँग अलग भएपछि धेरैबर्षसम्म भुवन एक्लै रहे । सुस्मिता र भुवनको डिभोर्स भएपछि अनमोल अहिले भुवनसँगै छन् । भुवनले आफ्नो र सुस्मिताको डिभोर्स हुँदा अनमोल मात्र ५ बर्षको भएको पनि बताए । सुस्मिता र भुवनले डिभोर्स पछि पनि अनमोलको खुसीको लागि एकसाथ बस्न थालेका थिए ।

अहिले भुवन जिया केसीसँग लिभिङ टुगेदरमा बसेको हल्ला छ । आजभोली भुवन र जिया अधिकांश ठाउँमा एकसाथ पुगेका हुन्छन् । यसमा अनमोलले पनि कुनै आपत्ति जनाएका छैनन् । उनी आफ्नो बाबुको खुसीमा नै खुसी छन् । अनमोल उनको आमा र बाबा सँगै नभएको कारण आफूलाई दुख लाग्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्