सिंगापुरमा पलका यति धेरै महिला फ्यान (फोटो सहित)



१० असार २०७६, काठमाडौँ

फिल्म ‘वीर विक्रम २’ को शोको लगि नायक पल शाह सिंगापुर पुगेका छन् ।

जुन २२ तारिखमा गोर्खा पुलिस क्याम्पले आयोजना गरेको ‘वीर विक्रम २’ को शोमा  दर्शकको उल्लेख्य उपस्थिति रहेको नायक शाहले बताए ।

उक्त कार्यक्रममा महिला दर्शकहरुको बढी सहभागीता रहेको थियो । पल उनका महिला फ्यानहरुबाट घेरिएका थिए । हाल भने नायक पल शाह सिंगापुरबाट फर्किएका छन् ।

सिंगापुरको रेक्स सिनेमामा शनिबार र आइतबार दुई शो आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्