‘अर्जुनको किस गर्ने तरिका फरक र गज्जबको छ’ : परिणीति चोपडा



०५ असार २०७६, काठमाडौँ

परिणीति चोपडा बलिउडकी नाम चलेकी नायिका हुन् । उनले धेरै चलचित्रमा काम गरिसकेकी छिन् । तर खासै वाहवाही भने पाउन सकेकी छैनन् । परिणीतिलाई चलचित्रको अभाव भने छैन । उनी एकपछि अर्को चलचित्रमा व्यस्त छिन् ।

यस्तै परिणीतिलाई केहीदिन अघि एक अन्तवार्तामा सिद्धार्थ निगम र अर्जुन कपुरमध्ये कसले राम्रोसँग किस गर्छन् भनेर प्रश्न गरिएको थियो । यी दुवै कलाकारसँग परिणीतिले चलचित्रमा काम गरिसकेकी छिन् र किस सिन पनि दिइसकेकी छिन् ।

परिणीतिले अर्जुन कपुर बेष्ट किसर भएको बताएकी छिन् । उनले अर्जुनको किस गर्ने शैली निकै गज्जबको भएको बताएकी छिन् । उनले अर्जुनले फरक तरिकाले किस गर्ने भएकाले उसको किस सानदार हुने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्