हङकङमा देखियो प्रदिपको लोभलाग्दो क्रेज (फोटो सहित)



०३ असार २०७६, काठमाडौँ

चकलेटी लुक्सका धनी अभिनेता प्रदिप खड्का यतिबेला हङकङमा छन् । प्रदिप चलचित्र लब स्टेशन को प्रदर्शनको लागि हङकङ गएका हुन् । नेपालमा त्यति राम्रो व्यापार गर्न नसकेको चलचित्रले अन्य देशमा भने राम्रो कमाइ गरिरहेको छ ।

हङकङमा पनि लब स्टेशन टिमले दर्शकको निकै राम्रो साथ पाएको छ । चलचित्र हेर्न दर्शकको निकै भिड लागेको थियो । चलचित्र हेरेपछि अधिकांश दर्शकले चलचित्रलाई लिएर निकै राम्रो प्रतिक्रिया दिए । यस्तै हङकङमा प्रदिपको निकै लोभलाग्दो क्रेज देखिएको थियो । उनीसँग फोटो खिच्नको लागि थामिनसक्नुको भिड समेत भएको थियो ।

प्रदिपले करिब आधा घण्टा समय आफ्ना फ्यानलाई दिए । धेरैले प्रदिपलाई भेटेर निकै खुसी लागेको बताए भने केही भावुक समेत भएका थिए । प्रदिपको फ्यान फलोइङ निकै लोभलाग्दो रहेको छ । त्यसैले जहाँ गएपनि उनले दर्शकको साथ निकै पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्