बोईफ्रेन्डसँग डेटिङ जानलाई आमाले बेचिन् आफ्नै छोरी !



०२ असार २०७६, काठमाडौं

आफ्नो बच्चा भनेपछि आमाहरु जीवन बलिदान दिन तत्पर हुन्छन् तर रुसमा २३ वर्षीय महिलाले बोईफ्रेन्डसँग डेटिङ जानलाई एक हप्ताको छोरी बेचिदिएकी छिन् । बच्चाका कारण आफ्नो डेटिङमा आर्थिक समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी हुन् ।

उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्डमा बेचेकी थिइन्, त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको खबर छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्