एउटै परिवारमा ४९ जना बस्ने नेपालकै ठूलो परिवार, जहाँ यसरी पाक्छ ४९ जनालाई खाना



३० जेठ २०७६, काठमाडौँ

नेपालमा सबैभन्दा धेरै मानिस बस्ने ठूलो परिवार भेटिएको छ । जहाँ एउटै घरमा ४९ जना बस्दछन् । यो कुरा सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर यो सत्य कुरा हो । नेपालको एक सानो गाउँमा यति ठूलो परिवार भेटिएको छ ।

एउटै परिवारमा ४९ जना बस्नु भनेको सानो कुरा होइन । सम्भवत यतिधेरै जना एकसाथ बस्ने यो पहिलो परिवार हो । यो परिवारमा बिहान ४ नबज्दै खाना पकाउन सुरु गरिन्छ । विहान ४ नबज्दै उठ्नु सामान्य कुरा हो । किनकी त्यतिधेरै जनाको लागि खाना पकाउन घटीमा पनि ४ घण्टाको समय लाग्छ ।

एकैजनाले खाना दिनहु पकाउन गाह्रो भएकाले यो परिवारका महिलाहरुले पालैपालो गरेर खाना पकाउने गरेका छन् । हरेक काम गर्न केही कठिन भएपनि परिवारमा सबै सँगै हुँदा निकै रमाइलो हुने यो परिवारका सदस्यहरु बताउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्