टिकटक क्वीन अमिता गुरुङको पहिलो म्यूजिक भिडियो रिलिज



२५ जेठ २०७६, काठमाडौँ

अमिता गुरुङ पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै छाइरहेकी छिन् । पोखरा बस्ने अमिता टिकटक क्वीन हुन् । उनी टिकटक बाटै भाइरल छिन् । उनले धेरैजसो कमेडी अभिनय गर्ने गरेकी छिन् । जसलाई दर्शकले निकै रुचाउने गरेका छन् । अमितालाई टिकटकमा लगभग ६ लाखले पछ्याएका छन् ।

टिकटक मा मात्र नभएर अमिता म्यूजिक भिडियोमा पनि आइसकेकी छिन् । उनले खेलेको पहिलो म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको मसिंर बोलको गीतमा सन्तोष लामाको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा सन्तोष र अमिता नै फिचर्ड छन् । पहिलो भिडियोमा नै अमिताले राम्रो काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्