शिर्पालीले बनाए ४२ केजीको विश्वकै ठुलो खुकुरी, त्रिभुवन विमानस्थलमा सजाउँने धोको



२४ जेठ २०७६, काठमाडौं

१३ वर्षको कलिलो उमेरदेखि नै आरनमा काम गर्दै आएका मन बहादुर शिर्पाली अहिले नेपालका अधिकांश मुख्य मेला तथा महोत्सवमा सहभागी हुने गरेका छन् ।

सानै उमेरबाट आरनमा काम गर्दै आए पनि ‘बुर्तिबाङ आरन व्यवसायी सेवा’लाई भने २०६९ साल देखि निरन्तरता दिंदै आएको शिर्पालीले बताए । थोरै लगानीमा संचालन गर्दै आएको आरनमा अहिले ६ जना कामदारलाई चित्तबुझ्दो पारिश्रमीक दिएको बताउँदै उनी भन्छन्, सबै खर्च कटाएर अहिले मासिक एक लाख भन्दा बढि आम्दानी गर्छु ।

भृकुटीमण्डपमा जारी ३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा शिर्पालीले आफैंले बनाएको विश्वकै ठूलो खुकुरी प्रर्दशनीमा राखेका छन् । जसको तौल ४२ केजी रहेको छ भने मूल्य १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । शिर्पालीले ११ दिन लगाएर बनाएको ८ फिट लामो खुकुरीमा ३० केजी फलाम र १२ केजीको दाप प्रयोग गरिएको छ ।

नेपाल सरकारले चाहेमा आफूले बनाएको विश्वकै ठूलो खुकुरी शिर्पालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो फोटो सहित फ्रेममा सौजन्यको रुपमा दिन चाहेको समेत बताए । 

गुल्मी, बुटवल र बाग्लुङका विभिन्न ठाउँमा हुने ३ ठुला मेलामा ४२ केजीको खुकुरी सेट प्रदर्शन गरिसकेको उनले भने, ‘अधिकांश मानिसले मेरो खुकुरी हेर्ने गरेका छन् । खुकुरीको बिंडमा समातेर उचाल्न सक्नेलाई मेरो तर्फबाट म पाँच हजार पुरस्कार दिन्छु ।’

सामान्यतयाः शिर्पालीले बनाएका खुकुरी २५० ग्रामदेखि ५/७ केजीका धेरै छन् भने ठुलामा २२, ३० र ३५ केजीसम्मका आँफैले बनाएको अनुभव उनी सुनाउँछन् ।

नेपाल सरकारले चाहेमा आफूले बनाएको विश्वकै ठूलो खुकुरी शिर्पालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो फोटो सहित फ्रेममा सौजन्यको रुपमा दिन  चाहेको समेत बताए ।

एयरपोर्टमा ४२ केजीको खुकुरी राख्दा आफू मात्र नभएर वीर गोर्खालीको देश भनेर चिनिएको देश नेपालको सान अझै बढ्नेमा उनी विश्वस्त देखिन्थे ।

३५ केजीको खुकुरी बनाए बापत उनलाई वाणिज्य संघ ईकाइले रु. २० हजार सहित सम्मान गरेको थियो ।

तुलनात्मक रुपमा अन्य जिल्लाहरुमा हुने प्रदर्शन तथा मेलामा भन्दा काठमाडौंमा हुने जुनसुकै प्रदर्शनीमा पनि आफूले सोचेजस्तो व्यापार नहुने उनले दावी गरे ।

गाउँतिर हुने महोत्सवमा धेरै सामान बिक्रि हुन्छ । त्यहाँ घाँस दाउराको लागि गाई, भैंसी, बाख्रा तथा भेडा गोठालाहरुले बढि यसको प्रयोग गर्ने भएकोले पहाडी भेग तथा गाँउका मेलामा आफ्नो सामानको बिक्रि बढी हुने उनले बताए ।

ठूलो खुकुरी बनाए वापत शिर्पालीले विभिन्न पुरस्कार समेत प्राप्त गरेका छन् । ३५ केजीको खुकुरी बनाए बापत उनलाई वाणिज्य संघ ईकाइले रु. २० हजार सहित सम्मान गरेको थियो ।

मन बहादुर शिर्पाली आफू अहिले ३९ वर्ष पुगेको बताउँछन् । उनले यस क्षेत्रमा सेवा दिन थालेको २६ वर्ष पुरा भईसकेको छ ।

मन बहादुरकी श्रीमती सरिता भन्छिन्, “हामी आफ्नो व्यवसायबाट पुरा सन्तुष्ट छौं । विभिन्न जिल्लाहरुमा हुने ठुला मेला तथा प्रदर्शनीमा सेवाग्राहीसँगको सामिप्यताले आफूलाई खुशी तुल्याएको छ ।’ आफ्नो परिवारका सबैजना आरन व्यवसायमै रमाएको समेत उनले जनाईन् ।

३० औं राष्ट्रिय लघु, घरेलु, तथा साना औद्योगिक प्रदर्शनी २०७६ मा टाढा–टाढाबाट आएका उद्यमी तथा पेशा व्यवसायीहरुलाई सरकारले व्यवस्थित रुपमा हौसला दिएर राम्रोसँगले सहयोग गरे विदेश जाने युवाहरुलाई रोजगारीको व्यवस्था नेपालमै मिलाउन सकिने र युवाहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण मन बहादुर शिर्पाली भएका छन् ।

प्रतिक्रिया दिनुहोस्