काठमाडौंमा गुरुङ चलचित्र ‘स्यूरु’ आगामी ७ अषाढमा प्रदर्शन हुँदै



२३ जेष्ठ २०७६, काठमाडौं

नेपाल आफैमा भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज कारण सम्पन्न देश हो ।

अनि यहाँ रहेका यी सबै जातजातिहरु यसको चिनारीहरु हुन् ।

पछिल्लो समय नेपालमा रहेका आम–जातिहरुले आफ्नो कला, संस्कृति, भाषा भेषभूषाहरुलाई खोज्ने क्रममा विभिन्न पाठ्यक्रमको विकास गर्ने, विभिन्न डकुमेन्ट्री तथा चलचित्रहरु बनाउने क्रम बढेको छ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १२५ जातिले १२३ भाषालाई अँगालेका छन् भन्ने तथ्यांक निकालेको छ । यी सबै जातिहरुले अहिले आफ्नो पहिचानलाई बचाईरहेका छन् ।

जसभित्र पर्ने एक प्रमुख जाति हो, गुरुङ !

यहि गुरुङ जातिले आफ्नो कला, संस्कृति तथा रहनसहनलाई बचाउनका लागि एउटा गुरुङ चलचित्रको निर्माण गरेको छ ।

‘स्यूरु’ अर्थात ‘काँचो धागो’ जसलाई गुरुङ समुदायमा विभिन्न शुभ–अशुभ कार्यमा रिपाको रुपमा वा विभिन्न माध्यमको रुपमा प्रयोग गर्ने गरिन्छ ।

चलचित्र ‘स्यूरु’भित्र पनि यस्तै विषयवस्तुलाई समेटिएको छ ।

चलचित्रभित्र गुरुङ संस्कार अन्तर्गत विवाहका लागि मगनी वा कुनैपनि बाचा–कसमका लागि ‘काँचो धागो’को निकै कलात्मक प्रयोग गरिएको पाईन्छ ।

करिब डेढ दशक कलाकारिताको यात्रा गरिसकेका चलचित्रका निर्देशक सोम गुरुङको अनुभवले बताउँछ कि, अन्य कलाकारहरुले चलचित्रमा कत्तिको जीवन्त देखिएका छन् भन्ने कुरा–

यसअगावै हङकङ तथा नेपालका विभिन्न ठाउँहरुमा प्रदर्शन भईसकेको चलचित्र ‘स्यूरु’ले आम–दर्शकहरुमा छुट्टै खालको छवी बनाएको छ ।

चलचित्र निर्माणको पक्ष अत्यन्तै सवल र शृजनात्मक बनेको र गुरुङ समुदायको संस्कार संस्कृतिलाई सकारात्मक प्रचारप्रसार गरेको कतिपय समीक्षकहरु बताउँछन् ।

विवेक गुरुङ र जुना गुरुङको मुख्य अभिनय रहेको सो चलचित्रमा नवीन गुरुङ,अनुशा गुरुङ साथै चरित्र कलाकारहरुमा डिबि गुरुङ,रेशम गुरुङ,सुसन गुरुङ,मीन बहादुर गुरुङ,धनसुब्ब गुरुङको जीवन्त अभिनय हेर्न सकिन्छ ।

स्वस्ती फिल्मस् प्रा.लि.को प्रस्तुती रहेको उक्त चलचित्रलाई खिम बहादुर गुरुङले छायाङ्कन तथा सम्पादन गरेका छन् भने, कोरियोग्राफरको भूमिकामा लब्सन गुरुङ र गणेश गुरुङ तथा श्रङ्गारमा सर्मिला गुरुङको योगदान रहेको छ ।

कास्किको नागिधार गाउँमा छाँयाङ्कन गरिएको सो चलचित्रलाई जित बहादुर गुरुङ‘म्याडी युवराज गुरुङ, नौ जंग गुरुङ, सुर्य बहादुर गुरुङ लगायतले लगानी गरेका छन् ।

बिकाश क्रोम्छे गुरुङको कार्यकारी निर्माण रहेको उक्त चलचित्रमा २५ लाखको लगानी रहेको छ ।

त्यस्तैगरि चलचित्रका सम्पुर्ण पोस्टको कार्य भने मुनाल फिल्मस् प्रा.लि. मा भएको हो ।

चलचित्र ‘स्यूरु’लाई लेखन तथा निर्देशन गरेका गुरुङ चलचित्रका लोकप्रिय नायक सोम गुरुङ आफुले कलाकारिता जीवनमा भोगेका अभिनयका भोगाईहरु प्रस्तुत चलचित्रमा समाहित कलाकारहरुमा प्रशिक्षितमुलक तवरमा प्रयोग गरिएको साथै जीवन्त दिन खोजिएको बताए ।

चलचित्र ‘शो’ को विषयमा–

चलचित्र ‘स्यूरु’ काठमाडौंमा आगामी ७ अषाढमा प्रदर्शन हुँदै छ ।

चलचित्र गोधुली फुड्ल्यान्ड एन्ड एभेन्ट्समा प्रदर्शन हुने छ ।

यसअगावै हङकङ तथा नेपालका विभिन्न ठाउँहरुमा प्रदर्शन भईसकेको चलचित्र ‘स्यूरु’ले आम–दर्शकहरुमा छुट्टै खालको छवी बनाएको छ ।

यो सबै जानकारी बुधबार चलचित्र निर्माण पक्षले सामाखुशीस्थित मगर हाउसमा पत्रकार सम्मलेन गरी दिएको हो ।

के भन्छन् त चलचिको बारेमा निर्देशक तथा नायक नायिका?

 

प्रतिक्रिया दिनुहोस्