प्रहरी निरीक्षकलाई घुस दिन खोज्दा, कार्की अख्तियारको नियन्त्रणमा



१६ जेठ २०७६, काठमाडौं

हिजो राती अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस दिन खाज्ने झापाका अभिषेक कार्कीलाई प्रहरीको फन्दामा परेको छ । आयोग टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका निरिक्षक भुपेन्द्र गिरिलाई हिजो राती घुस दिन खोजेको थियो ।

कालिकोट स्थीतका नविन शाही ठकुरीलाई भेटन् जाँदा उनका भाई पुजन बम ठकुरीले लागुऔषध चाउचाउको खोलभित्र ल्याएको भेट्टाएपछि प्रहरीको फन्दामा परेपछि कार्की उक्त घट्नालाई लुकी छिपी मिलाउ भन्दै प्रहरी निरिक्षकलाई रु ४० हजार दिन्छु, घटना मिलाइदिनुपर्यो भन्दै तत्काल घटना मिलाइदिनुपर्यो भन्दै रु १० हजार दिँदादिँदै पक्राउ गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

अख्तियारको टोलीले उनको साथबाट रु एक लाख २० हजार नगदसमेत बरामद गरेको छ । थानकोट वृत्तले यसअघि पनि घुस दिन खोज्ने चार जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्