फेरि अर्को दुखत खबर : आफ्नै सात महीनाकी छोरीको हत्याको आरोपमा आमा पक्राउ



१५ जेठ २०७६, काठमाडौं

सल्यान जिल्ला छत्रेश्वरी–६ रानागाउँकी बर्ष २८ की सपना भण्डारीले आफ्नै सात महिनाकी छोरीको हत्या गरेकी छिन् । भण्डारीलाई इलाका प्रहरी कार्यालय लुमहामले हिजो बेलुकी पक्राउ गरेको हो ।

भण्डारी आफ्नो दुधे बालिकाको आफ्नै हातले कुटेर हत्या गरेको परिवारले बताएपछि आमालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले बालिकाको शव जिल्ला अस्पतालमा परीक्षणको लागी ल्याइएको छ । । हत्या आरोपी आमालाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्