भारतको पूर्वी नाकामा तेलवाहक नेपाली ट्याङ्कर रोकिँदा पूर्वमा तेलको हाहाकार



१४ जेष्ठ २०७६, काठमाडौं

भारतको पूर्वी नाकामा पेट्रोलियम पदार्थ बोकेर सवार ट्याङकर रोकिएपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

बङ्गालको पानीट्याङ्की भन्सारमा ट्याङ्कर रोकिएपछि पूर्वमा पेट्रोलियम पदार्थमा हाहाकार भएको हो ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ सुरु गरिएको भन्दै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्