बलात्कारको मुद्दामा नौ वर्ष छ महीना कैद



१२ जेठ २०७६, काठमाडौं

बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा-२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ ।

प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्