राष्ट्रपति भवन अगाडी यस्तो अवस्थामा भेटिइन पूर्व मिस नेपाल श्रृंखला (भिडियो सहित)



मिस नेपाल २०१८ को ताज जित्न सफल श्रृंखला खतिवडा अहिले सामाजिक कार्यमा निकै सकृय भएर अघि बढेकी छिन् । उनले भखरैमात्र राष्ट्रपति भवन अघि बाटोमा हिड्ने जीव-जन्तुको लागी पानीको व्यवस्था गरेकी छिन ।

विभिन्न माननीय व्यक्तिहरुको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै खतिवडाले आफूसँग धेरै समय नभएता पनि यस कार्यक्रममा आएर एउटा राम्रो काम गर्न पाएकोमा निकै खुशी व्यक्त गरेकी छिन । बौद्धिक रुपमा निकै तेज रहेकी श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् । उनका बाबु विरोध खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाबाट चुनिएका एमालेका सासंद हुन् । त्यस्तै उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्