‘प्रचण्ड’ले दोस्रो विवाह गर्ने



२२ बैशाख २०७६, काठमाडौं

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले दोस्रो विवाह गर्ने भएका छन् ।

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । उनीहरु २०२६ साल वैशाख २६ गते विवाह–बन्धनमा बाँधिएका थिए ।

सो दिन प्रचण्डले सितालाई औपचारिक रुपमै सिन्दुर हाल्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ ।

यो पुनः विवाहले सिताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने आशा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्