‘अनमोल ज्वाई हुँदा केही फरक पर्दैन’ : झरना थापा



११ बैशाख २०७६, काठमाडौँ

यतिबेला नेपाली सिनेवृतमा नव नायिका सुहाना थापा र अनमोल केसीको निकै चर्चा छ । सुहाना र अनमोल अभिनीत चलचित्र ए मेरो हजुर ३ ले बक्सअफिसमा धमाका मच्चाएपछि अहिले यी दुईको नाम समेत जोडिएर आउन थालेको छ ।

त्यस्तै अनमोल र सुहानाको केमेष्ट्रिलाई दर्शकले औधी रुचाएका कारण यी दुईलाई रियल कपलको रुपमा हेर्ने चाहना पनि धेरैको रहेको छ । यस्तैमा नायिका झरना थापालाई पनि अनमोललाई ज्वाई भन्न कत्तिको रहर छ भनेर प्रश्न धेरै सोधिने गरिन्छ ।

झरनाले एक अन्तवार्तामा जिस्कदै अनमोल ज्वाई हुँदा केही फरक पर्दैन भनेकी छिन् । उनको यो कुरामा उनकी छोरी सुहानाको हाँसो रोकिएको थिएन । सुहानाले भने अनमोल र आफू अहिलेसम्म मिल्ने साथी मात्र भएको र प्रेमको बारेमा कुनै सोच नबनाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्