‘कुटु मा कुटु’ बन्यो युट्युबमा १० करोड भ्यूज पाउने पहिलो नेपाली गीत



१० बैशाख २०७६, काठमाडौँ

कुटु मा कुटु गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । आजभोली युट्युबमा नेपाली गीतहरुले पनि निकै भ्यूज पाउन थालेका छन् । तर कुनैपनि नेपाली गीतले अहिलेसम्म १० करोड भ्यूज भने पाएको थिएन ।

चलचित्र २ रुपैयाँ मा समावेश कुटु मा कुटु गीतले युट्युबमा सर्वाधिक १० करोड भ्यूज पाउँदै नयाँ रेकर्ड बनाउन सफल भएको छ । १० करोड भ्यूज पाउने यो पहिलो नेपाली गीत हो ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा आवाज पनि राजराज शिवाकोटी र मेलिना राईको रहेको छ । गीतमा नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत र आसिफ शाहलाई फिचर्ड गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्