४९ जना महिलाले बच्चा जन्माएपछि डाक्टरको पोल खुल्यो



नेदरल्याण्डका एक डक्टरले आफ्ना विरामीसँग गरेको बदमासी प्रमाणित भएको छ ।

निःसन्तान जोडिहरुलाई सेवा दिने क्लिनिक खोलेका ती चिकित्सकले आफूकहाँ सेवा लिन आउँदा बिरामीले लिएर आएको वीर्यलाई साटफेर गर्ने गरेको आरोप लागेको थियो । अझ साटिएको वीर्य स्वयम डक्टरको हुने गरेको पनि खुलेको छ ।

जन करवात नाम गरेका चिकित्सकको सन् २०१७ मै मृत्यु भइसकेको थियो । उनको क्लिनिक पनि अनियमितता र अन्य गैरकानूनी मुद्धाका कारण सन् २००९ मै उनी जिउदै छदैं बन्द भइसकेको थियो ।  शुक्रबार सार्वजनिक डीएनए परिक्षणबाट डाक्टरको बदमासीको प्रमाणित भएको हो । फेब्रअरीमा आएको अदालतको एक आदेशपछि एक समाजिक संगठनले निजमेगन शहरमा डीएनए परिक्षण गराएको थियो ।

संगठन आफैमा करबातको क्लिनिकबाट जन्मिएका बच्चा र तिनलाई हुर्काएका अभिभावकहरुको नेतृत्व गर्न गठन गरिएको थियो ।  निसन्तान जोडिको उपचारमा भएको धोकाधडीको यो मामिला यही वर्षको फेब्रुअरीमा एक डच अदालतले गरेको एक फैसलासँगै बाहिरिएको थियो ।

रोटरड्याम जिल्ला अदालतले करबातको क्लिनिकबाट सेवा लिएका अभिभावक र त्यहाँबाट जन्मिएहरुलाई तिनको डीएनए र कारवातको संग्रहित डीएनएलाई दाँजेर हेर्न अनुमति दिएको थियो ।  ८९ वर्षको उमेरमा दिवगंत हुनु अघिनै करबातमा सेवा लिएका केहीले आफ्नो बच्चाको अनुहार धेरै हदसम्म करबातसँग मिलेको भनेर मुद्धा हालेका थिए । एक प्रसंगमा करबातले यसलाई स्थानीय पत्रिकासँगको कुराकानीमा स्वीकारेका थिए ।

उनले आफूले ६ बच्चाको लागि वीर्य दिएको बताएका थिए । हाल कारबातको क्निनिकबाट जन्मेका मध्य ४९ जनामा उनकै वीर्य प्रयोग भएको पुष्टि भएको हो ।  कारबातको क्लिनिकबाट जन्मेका मध्य एक जोयले आफ्नो पिताको वास्तविकता थाहा भएकाले खुसि भएको बताए ।

‘११ वर्ष लामो खोजपछि अब म आफ्नो अघिको जीवनमा ध्यान दिने भएको छु । आफ्नो वास्वतिकता थाहा पाउदाँ म खुसी छु,’ उनले भने । एजेन्सी

प्रतिक्रिया दिनुहोस्