हवाई दुर्घटनामा हुनुभएका को –पाइलट सन्तोषको गीत एल्बम सार्वजनिक



२९ चैत २०७५, काठमाडौं

हवाई दुर्घटनामा निधन हुनुभएका को पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’ सार्वजनिक गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार उक्त गीतिएल्वम सार्वजनिक गर्दै रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पुर्याएको योगदान भुल्न नसकिने बताउनुभयो ।

सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले सानो छँदा नै छोराले लेखेका रचनालाई सङ्कलन गरेर गीति एल्बमका रुपमा सबैका हातमा पुर्याउन पाउँदा खुशी लागेको बताउनुभयो । उक्त एल्बममा सन्तोषले ‘तिमी हाँसेको देख्दा’, ‘धिपधिप बत्तीसँगै’ र ‘तिम्रो उचाइ आकाश’ लगायत तीन गीत रचना गर्नुभएको छ ।

छ गीत रहेको उक्त एल्बमका अन्य तीन गीतमा भावेश भुमरीका रचना छन् । उक्त एल्बमका छ गीतमा थुप्देन भुटिया, महेश सेवा, स्वरुपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बम्जन, बालिका प्रधान र निखिता थापाले स्वर दिनु भएको छ । एल्बममा रहेका तीन गीतको भिडियो समेत बनाइएको छ । विसं २०७३ मा को–पाइलट सन्तोषको हवाई दुर्घटनामा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्