गैँडाको आक्रमणबाट पर्यटक घाइते



२५ चैत २०७५, चितवन

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने दूधौरामा आज बिहान गैँडाको आक्रमणबाट एक विदेशी पर्यटकसहित दुई जना घाइते भएका छन् । घाइतेमध्ये विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ ।

घटनास्थलमा उद्धारका लागि पुग्नुभएका निकुञ्जका गेम स्काउट दीपक कुमालका अनुसार घाइते हुनेमा अष्ट्रेलियन नागरिक १९ वर्षीय विलियम पेटर एकम्यानस र पथ प्रदर्शक सौराहा ओदाराका ५५ वर्षीय जितु महतो रहनुभएको छ । विदेशी पर्यटकको अवस्था गम्भीर रहेको छ भने महतोको अवस्था खतरामुक्त रहेको कुमालले बताउनुभयो । अन्य दुई पर्यटक भने सुरक्षित रहेको बताइएको छ । डुङ्गा सयरपछि जङ्गलमा पैदलयात्रा गर्न गएका पर्यटकलाई बच्चासहित रहेको गैँडाले लखेटेर आक्रमण गरेको हो । घटना लगत्तै निकुञ्ज कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी, पथ प्रदर्शक उद्धारका लागि घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्