डा. राजन भट्टराईको पहलमा बूनपा–११ मा कभर्ड हल सहितको गुम्बा बन्दै



०४ फागुन २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा विकासवादी नेता डा. राजन भट्टराईको पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ स्थित चिहान डाँडामा कभर्डहल सहितको गुम्बा बन्ने भएको छ ।

ह्याण्ड्बल ग्राउण्ड हुँदै कपनगुम्बा जाने बाटोको दायाँतर्फ रहेको सूर्योदय टोल नजिकैको १४ आना सरकारी जग्गा चिहान डाँडामा बूढानीलकण्ठ नगरपालिकाले छुट्याएको पाँच लाखले सम्याउने, वाल लगाउने र डिपिआर बनाउने काम हुने वडाध्यक्ष राजु अधिकारीले बताए ।

भ्रमणका क्रममा डा. भट्टराईले वौद्द धर्मावलम्बीको आस्था जोडिएको गुम्बा निर्माणको लागि आवश्यक रकम बिनियोजन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए।

डा. भट्टराईको प्रतिवद्दता पछि बूनपा ११ का वडा सदस्य विनोद तामाङ भन्छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीका प्रभावशाली सल्लाहकार डा. राजन भट्टराईले यस क्षेत्रमा अर्वाैको परियोजनाहरु पार्न सफल भएकोले हाम्रो समुदायको लागि निर्माण गर्न लागिएको कभर्ड हल सहितको गुम्बा निर्माणले सार्थकता पाउने सुनिश्चितता थपेको बताए।’

स्थलगत भ्रमणमा वडाध्यक्ष अधिकारी सहित वडा सदस्य तामाङ, काठमाडौं जिल्ला खेलकुद विकास समितका अध्यक्ष धुर्वराज न्यौपाने, नेकपाका नेता हरिराम ढुंगाना, समाजसेवी अक्कल तामाङ लगायत सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।

      

प्रतिक्रिया दिनुहोस्