विवाह नै नगरी आमा बनिन् एकता कपुर



१७ माघ २०७५, काठमाडौँ

एकता कपुर भारतकी निकै चर्चित र व्यस्त निर्मात्री हुन् । उनले विभिन्न सिरियल र चलचित्र पनि निर्माण गरिसकेकी छिन् । उनलाई अहिले बलिउडका ठूला ठूला कलाकारले पनि सम्मान गर्ने गर्छन् ।

एकता कपुर विभिन्न अवार्डहरुबाट पनि सम्मानित हुने गर्छिन् । भर्खरै मात्र एकता कपुरको एक नयाँ खबर सार्वजनिक भएको छ । एकता कपुर आमा बनेकी छिन् । उनले यहि जनवरी २७ मा छोरालाई जन्म दिएकी छिन् ।

स्मरण रहोस् एकता कपुर अविवाहित छिन् । उनले सेरोगेसी मार्फत् छोरालाई जन्म दिएकी छिन् । चिकित्सकको भनाई अनुसार उनको छोरा स्वस्थ जन्मिएको छ र उनलाई केहि दिनमा घर ल्याइने छ । एकताले यसैक्रममा आफूले खोजेको जस्तो मान्छे नपाएकाले अविवाहित बसेको पनि बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्