पाइलटको भूमिका निभाउन ७ केजी तौल बढाउँदै जान्वी कपुर



१६ माघ २०७५, काठमाडौँ

स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवी र बलिउडका चर्चित निर्माता बोनी कपुरकी छोरी जान्वी कपुर चलचित्र धडक बाट बलिउडमा भित्रिएकी हुन् । पहिलो चलचित्रबाट नै उनले बलिउडमा आफ्नो राम्रो छाप बनाएकी छिन् । अहिले उनको पाइपलाइनमा थुप्रै चलचित्र रहेको छ ।

यतिबेला भने उनले आफ्नो पुरा ध्यान गुञ्जन सक्सेनाको बायोपिकका दिएकी छिन् । गुञ्जन भारतकै पहिलो हलिकप्टर महिला पाइलट हुन् । उनी भारतमा मात्र नभएर विश्वभर नै प्रख्यात छिन् ।

उनकै बायोपिकका बन्न लागेको चलचित्रमा जान्वी मुख्य भूमिकामा रहेकी छिन् । चलचित्रमा जान्वी पाइलटको भूमिकामा देखिनेछिन् । उनले आफ्नो भूमिकालाई बलियो बनाउनको लागि अहिले आफ्नो तौल ७ केजी बनाउने तरखरमा छिन् । यसपछि उनले करण जौहरको नयाँ प्रोजेक्टमा समय दिनेछिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्