अष्ट्रेलियामा आँचलले मच्चाइन् धमाका, गरिन् यस्तो बबाल डान्स (भिडियो)



१६ माघ २०७५, काठमाडौँ

नायिका आँचल शर्मा नेपाली चलचित्र क्षेत्रकी स्थापित नायिका हुन् । उनले छोटो समयमा नै चलचित्र जगत्मा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । अभिनयमा पोख्त आँचल राम्रो नृत्य पनि गर्छिन् । त्यसैले आजभोली उनी देश तथा विदेशका कार्यक्रममा व्यस्त हुन थालेकी छिन् ।

केहिदिन अिघमात्र आचँलले सिड्नीमा आफ्नो दमाकेदार डान्स देखाएकी छिन् । उनी स्टेज चड्दा सिड्नीको माहोल नै तातिएको थियो । हजारौँ दर्शकको माझ आँचलले आफ्ना सुपरहिट गीतहरुमा डान्स गरेकी थिइन् ।

आँचलको लागि दर्शकले निकै साथ दिइरहेका थिए । उनले आफ्नो डान्सले पुरै दर्शकलाई नै झुमाएकी थिइन् । यतिबेला भने उनी चलचित्र दाल, भात, तरकारी मा व्यस्त छिन् । उक्त चलचित्र आउँदो बैशाख १३ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्