पूर्वप्रेमीसँगको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि सारालाई पर्यो तनाव



१५ माघ २०७५, काठमाडौँ

सारा अली खानलाई चिनाउन अब उनका बाबु सैफ अली खानको नामको सहारा लिनुपर्ने जरुरत छैन । किनकी उनले आफूलाई छोटो समयमा नै बलिउडमा स्थापित गरिसकेकी छिन् । उनको दुईवटा चलचित्र प्रदर्शनमा आइसकेका छन् । दुवैले बक्सअफिसमा राम्रो कलेक्सन पनि गरेका छन् ।

यतिबेला सामाजिक सञ्जालमा सासा आफ्नो प्रेममा कारण चर्चामा छिन् । उनको २ बर्ष अघि भारतका पूर्वमन्त्रीका नातीसँग उनको अफेयर चलेको थियो । उनी वीरसँग गहिरो प्रेमसम्बन्धमा थिइन् । तर उनीहरुको प्रेम १ बर्षभन्दा बढी टिक्न सकेन । प्रेममा रहेको बेलाको साराको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । सारा र वीरले त्यसबेला एकअर्कासँग औठी समेत साटासाट गरेका थिए ।

अहिले दुवैले अलग बाटो रोजिसकेका छन् । साराले यी सब कुरा करणको कफि विथ करण शो मा भनेकी थिइन् । त्यतिमात्र नभएर साराले वीर आफ्नो पहिलो प्रेम भएको समेत बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्