जब पूर्व प्रेमी प्रेमिका सलमान र ऐश्वर्या एक कार्यक्रममा सँगै पुगे…..



१४ माघ २०७५, काठमाडौँ

बलिउड अभिनेता सलमान खान बलिउडका किङ्ग पनि हुन् । उनी आफ्नो चलचित्रका कारण मात्र नभएर बेला बेलामा आफ्नी नयाँ प्रेमिकाको कारण पनि चर्चामा आउने गर्छन् । उनको बलिउडका धेरै अभिनेत्रीसँग प्रेम सम्बन्ध बसिसकेको छ ।

हालैमात्र बलिउडका एक चर्चित निर्देशकले आफ्नो जन्मदिनको अवसरमा धेरै बलिउड सेलेब्रेटिलाई निम्तो गरेका थिए । धेरै सेलेब्रेटि ती निर्देशकको जन्मदिन मनाउन उनको घरमा पनि गए । उक्त बर्थडे पार्टीमा सलमान खान र ऐश्वर्या बच्चन पनि उपस्थित भएका थिए ।

भारतीय मिडिया अनुसार एउटै पार्टीमा  गएको भएपनि सलमान र एश्वर्या एकअर्कासँग बोल्नु त परै जाओस् एकअर्काको नजिक पनि परेनन् । स्मरण रहोस् सलमान र ऐश्वर्या कुनै समयका प्रेमी प्रेमिका हुन् । पछि केहि कारणबस् यी दुईको ब्र्रेकअप भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्