नेपाली ठिटो सुजन मार्पा भारतको चर्चित रियालिटि शो डान्स प्लस सिजन ४ को फाइनलमा पर्न सफल



१३ माघ २०७५, काठमाडौँ

सुजन मार्पा तामाङ चिन्नको लागि नौलो नाम होइन । नेपाली ठिटो सुजन मार्पा तामाङ डान्स इन्डिया डान्स मा गएर उत्कृष्ट ६ सम्म पर्न सफल भएका थिए । त्यहाँबाट नै उनले आफूलाई परिचित गरिसकेका छन् ।

अहिले उनी फेरि भारतको अर्को ठूलो रियालिटि शो डान्स प्लस सिजन ४ मा गएका छन् । डिआइडी मा कम भोटका कारण फाइनलमा पुग्न नसकेका सुजन डान्स प्लसमा भने फाइनलमा पुग्न सफल भएका छन् ।

उनले डान्स प्लसमा सुरुवात बाट नै जर्ज र दर्शकको मन जित्दै आएका थिए । उनी फाइनलमा पुग्दा निकै नै खुसी भएका थिए । उनलाई डान्स प्लस मा आसामकी आँचलले साथ दिदैँ आएकी थिइन् । अब सुजनललाई डान्स प्लस जित्नको लागि हाम्रो भोटको अत्याधिक जरुरत रहेको छ ।

सुजनले डान्स प्लसको फाइनलमा पुगेर आफ्नो मात्र नभएर पुरै नेपालको नाम उच्च बनाएका छन् । उनी फाइनलमा पुग्नु नै निकै ठूलो कुरा हो । अब हामीले सुजनलाई अत्याधिक भोट गरेर डान्स प्लस सिजन ४ को विजेता बनाउन सक्छौँ । डान्स प्लस सिजन ४ को फाइनल यहि फेब्रवरी ३ मा हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस्