स्कुल ड्रेसमा खुलेको प्रियंकाको सुन्दरता (फोटो सहित)



१३ माघ २०७५, काठमाडौँ

नायिका प्रियंका कार्कीको अभिनयको र सुन्दरताको निकै चर्चा हुने गर्छ । मिलेको जिउडाल र सुन्दर अनुहार भएकी प्रियंकाको पहिरनले पनि सधैँ चर्चा पाउने गर्छ । केहि दिनअघि मात्र भएको चलचित्र दाल, भात, तरकारी को गीत रिलिजको क्रममा पनि प्रियंकाको पहिरनले सबैको ध्यान आकर्षण गर्यो ।

उनी चलचित्र दाल, भात, तरकारी को गीत रिलिज कार्यक्रममा स्कुल ड्रेसमा पुगेकी थिइन् । उनलाई सबैले किन स्कुल ड्रेसमा आउनुभएको भनेर सोधेपछि प्रियंकाले भर्खरै उनले आयुष्मानसँग मिलेर खोलेको आयांक फाउण्डेशनले गर्न लागेको कार्यक्रममा एक स्कुल पनि सहभागि भएकाले आफूले त्यसको लागि नै स्कुल ड्रेस लगाएको बताइन् ।

प्रियंकाले उक्त ड्रेस लगाउँदा आफूलाई एक सानी नानीले जिस्काउँदा लाज लागेको समेत बताइन् । तर उनी उक्त ड्रेसमा निकै नै राम्री देखिएकी थिइन् । चलचित्र दाल, भात, तरकारी मा उनी पनि रहेकी छिन् । चलचित्रमा उनको थोरै मात्र भूमिका भएको जानकारी गराइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्