आँचलको साथ दिदैँ फेसबुक स्टाटसमार्फत् पत्रकारमाथि यसरी रिस पोखे पलले….



१३ माघ २०७५, काठमाडौँ

नेपाली सिनेवृतमा नायिका आँचल शर्मा र नायक पल शाहको प्रेमको चर्चा सधैँ चल्ने गरेको छ । ३ चलचित्र र लगभग १०० म्यूजिक भिडियोमा काम गरिसकेका पल र आँचललाई सबैले प्रेमी प्रेमिकाको उपनाम दिएका छन् । तर आँचल र पलले यो कुरामा कत्तिपनि सत्यता नभएको बताउँदै आएका छन् ।

केहिदिन अघिमात्र चलचित्र दाल, भात, तरकारी को गीत रिलिजको समयमा नायिका आँचल शर्मा खुबै विवादित बन्न पुगिन् । उनीसँग पत्रकारको चर्काचर्की नै भयो । उनले गलत कुरा बताएको भन्दै पत्रकार जङ्गिएपछि आँचलले चलचित्र टिमको सल्लाह अनुसार पत्रकारसँग माफी पनि मागिन् ।

पत्रकारले आँचलप्रति निकै आक्रोशित भएर प्रश्न गरेपछि आँचलले डराएको भावमा माफी मागिन् । आँचलको आलोचना भएपछि पलले हिजोमात्र आफ्नो आधिकारीक फेसबुकमा आँचलको साथ दिदैँ एक स्टाटस लेखेका छन् । पलले पत्रकारलाई गाली गर्दै यसो भनेका छन् ।

माफी मगाउँदै र माग्दैमा समस्याको हल हुँदैन । ११ र १२ बजेसम्म एयरपोर्टमा इन्टरभ्यूको लागि बस्नु भनेको उहाँहरु आफैंको जागिर थियो । त्यो बुज्न जरुरी छ । कलाकारको लागि हामी रातभरी एयरपोर्टमा बस्यौं भनेर गर्जिनु कति उपयुक्त होला र ?

उनले पत्रकारले कलाकारसँग कसरी बोल्ने सिक्न जरुरी रहेको पनि बताएका छन् । पलको यो स्टाटसबाट आँचल र उनीबीच प्रेमसम्बन्ध रहेको बुझन् सकिन्छ । होइन भने आँचललाई पत्रकारले आक्रोशित हुँदै प्रश्न सोध्दा पललाई किन तनाव परेको ?

 

प्रतिक्रिया दिनुहोस्