सालको पातको टपरी बोलको गीतमा राउटेहरुले यस्तो बबाल डान्स गरे (भिडियो सहित)



१२ माघ २०७५, काठमाडौँ

बजारमा दिनहूँ नयाँ नयाँ गीतहरु आउने गर्छन् । जसमध्ये कमै गीतले मात्र सफलता पाउँछन् । अझ लोक गीतको कुरा गर्दा त अत्यन्त न्यून रुपमा लोकगीत सफल भएको पाइन्छ । जसमध्ये अहिले बजारम सर्वाधिक चर्चा बटुलिरहेको लोकगीत सालको पातको टपरी हो ।

कुलेन्द्र विक र विष्णु माझीको आवाज रहेको लोकगीतले लोकदोहोरी गीतको इतिहासमा सर्वाधिक भ्यूज पाउने  गीतको रेकर्ड समेत बनाएको छ । अहिले उक्त गीतमा राउटेहरुले गरेको डान्स निकै भाइरल भैरहेको छ ।

राउटे भनेको निकै कम मात्रामा रहेको जाति हो । नेपालमा राउटेलाई लोपन्मुख जाति पनि भनिन्छ । यतिबेला तिनै राउटेहरुले लोकगीतमा नाचेको भिडियो सर्वाधिक रुचाइएको छ । उक्त गीतमा राउटेहरुले निकै रमाईलो तरिकाले नाचेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्