बर्षाको विवाहमा नाच्न हतार भैसक्यो : प्रियंका कार्की



१२ माघ २०७५, काठमाडौँ

नायिका बर्षा राउत यहि फागुन २ अर्थात् भ्यालेनटाइन डे मा विवाह गर्दैछिन् । उनले सन्जोगसँगको आफ्नो ७ बर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी हुन् । सन्जोग र बर्षा दुवै नेपाली चलचित्रका परिचित कलाकार हुन् । उनीहरुको विवाहको कुरा चलेसँगै यतिबेला बजारमा उनीहरुको निकै चर्चा चल्न थालेको छ ।

नायिका प्रियंका कार्की र आयुष्मान पनि आउँदो असारमा विवाह गर्दैछन् । त्यस्तै नायिका बर्षा राउत र प्रियंका कार्कीको सम्बन्ध पनि निकै राम्रो रहेको छ । यी दुई नायिका एकअर्काको निकै नजिक रहेका छन् । हालै भएको एक अन्तवार्तामा प्रियंकाले आफू बर्षाको विवाहको लागि निकै उत्साहित भएको बताएकी छिन् ।

प्रियंकाले बर्षाले सधैँ आफूलाई उनको भन्दा पहिले बर्षाको विवाह हुने बताएकी बताइन् । त्यतिमात्र नभएर उनले आफू बर्षाको विवाहमा नाच्न निकै हतार भएको बताइन् । प्रियंकाले बर्षाको विवाहपछि आफ्नो पनि विवाहको तयारी गर्ने बताएकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्