पहिलो पटक अनमोलसँग काम गर्दै निरुता, ‘क्याप्टेन’ गीतमा भुवन र अनमोलसँग निरुता पनि नाच्दैँ



१२ माघ २०७५, काठमाडौँ

युवापुस्तामा सर्वाधिक चर्चित अभिनेताको बहुप्रतिक्षित चलचित्र क्याप्टेन प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको एक गीत पनि सार्वजनिक भैसकेको छ । जुन गीतले अहिले बजारमा लोभलाग्दो चर्चा पनि बटुलिरहेको छ । चलचित्र क्याप्टेनको दोस्रो गीतको छायांकन अर्को साताबाट सुरु हुने निर्माण टिमले बताएको छ ।

चलचित्र क्याप्टेन मा समावेश हुने लोक शैलीको गीतमा निरुता सिंहले कम्मर मर्काउने भएकी छिन् । निरुताले आफूलाई अनमोलसँग काम गर्न रहर भएको बताएकी थिइन् । नभन्दै उनी क्याप्टेन को एक गीतमा नाच्ने भएकी हुन् ।

उक्त गीतमा उनीसँगै भुवन केसीले पनि नाच्नेछन् । भुवनले अनमोलकै आग्रहमा उक्त गीतमा निरुतालाई फाइनल गरेको बताएका छन् । अनमोलले नै उक्त गीतमा निरुतालाई राख्ने भनेपछि  भुवनले निरुतालाई अफर गरेका हुन् ।

उक्त गीतको छायांकनका लागि नै निरुता शुक्रबार बेलुका मुम्बईबाट नेपाल आएकी छिन् । भुवनले अनमोलकै आग्रहमा आफू पनि उक्त गीतमा नाच्न लागेको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्